३. हलेसी महादेवस्थान विकास समितिको गठन
(१) हलेसी महादेवस्थानको सामाजिक, धार्मिक, साँस्कृतिक र आर्थिक विकास गर्न हलेसी महादेवस्थान विकास समिति नामको एउटा समिति गठन हुनेछ ।
(२) उपदफा (१) बमोजिमको समितिमा देहायका सदस्यहरू रहनेछन् ः–
(क) नेपाल सरकारले तोकेको व्यक्ति – अध्यक्ष
(ख) हलेसी महादेवस्थान क्षेत्रको सामाजिक, धार्मिक, साँस्कृतिक र आर्थिक विकासमा विशेष योगदान दिने तथा चासो राख्ने व्यक्तिहरू मध्येबाट नेपाल सरकारले मनोनीत गरेका पाँच जना व्यक्तिहरू – सदस्य
(ग) खोटाङ्ग जिल्लाबाट संसदमा प्रतिनिधित्व गर्ने सदस्यहरू – सदस्य
(घ) सभापति, खोटाङ्ग जिल्ला विकास समिति – सदस्य
(ङ) प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रशासन कार्यालय, खोटाङ्ग – सदस्य
(च) अध्यक्ष, हलेसी महादेवस्थान गाउँ विकास समिति – सदस्य
(छ) सम्बन्धित इलाका सदस्य, जिल्ला विकास समिति, खोटाङ्ग – सदस्य
(ज) प्रतिनिधि, युवा खेलकूद तथा संस्कृति मन्त्रालय – सदस्य
(झ) प्रमुख, मालपोत कार्यालय, खोटाङ्ग – सदस्य
(ञ) कार्यकारी निर्देशक – सदस्य–सचिव
(३) अध्यक्ष तथा मनोनीत सदस्यहरूको पदावधि चार वर्षको हुनेछ र निजहरू पुन मनोनीत हुन सक्नेछन् ।
(४) नेपाल सरकारले आवश्यक देखेमा नेपाल राजपत्रमा सूचना प्रकाशन गरी समितिका सदस्यहरूमा आवश्यक थपघट वा हेरफेर गर्न सक्नेछ ।
(५) समितिले आवश्यकता अनुसार अन्य स्वदेशी तथा विदेशी व्यक्तिहरूलाई समितिको बैठकमा पर्यवेक्षकको रूपमा भाग लिन आमन्त्रण गर्न सक्नेछ ।